कुमारी बैंकद्वारा नेपालको पहिलो ‘रियल-टाइम ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात
काठमाडौँ । कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङ्गलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले IMS Software Pvt. Ltd. सहकार्यमा नेपालको पहिलो ERP-एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सार्वजनिक गरेको छ । कुमारी बैंकले आफ्ना व्यवसायी ग्राहकहरूलाई यस नवीन पहलमार्फत IMS को ERP Software मार्फत बिनाधितो कर्जा प्रदान गर्ने जानकारी दिएको छ ।
