सामाजिक परिचालिका व्यवस्थापनसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालिका व्यवस्थापनसम्बन्धी बनेको प्रतिवेदनलाई प्राथमिकताका साथ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकमा सामाजिक परिचालिकालाई प्राथमिकताका साथ लिई सम्बन्धित सबै मन्त्रालयले उहाँहरूको भावना सम्बोधन गर्न निर्देशन दिएको हो ।
