SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

हुरी र वर्षाले टीकापुरमा केराखेती नष्ट

टीकापुर । बुधबार हुरीसँगैको मूसलधारे वर्षाले कैलालीमा दुई बिघामा गरिएको  केराखेती झन्डै ६० प्रतिशत नष्ट भएको छ । टीकापुर २ कोठारपुरका जनक चौधरीको खेतमा लगाइका केरा दुई महिनापछि बजार लैजानका लागि तयारी अवस्थामा थिए । एकै दिनको विपद्ले करिब रु १४ लाख क्षति पुगेको चौधरीले बताए ।