खेलमैदानबाट खेलकुद विकास गर्ने स्थानमा पुग्दा जिम्मेवारी बोध भएको छः राखेप उपाध्यक्ष विशाल
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठले खेलमैदानबाट खेलकुद क्षेत्रको विकास गर्ने स्थानमा पुग्दा थप जिम्मेवारी बोध महसुस भएको बताएका छन् । त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा स्वागत तथा पदभार ग्रहण कार्यक्रमका अवसरमा नवनियुक्त उपाध्यक्ष श्रेष्ठले खेलमैदानमा खेल्दै यसै क्षेत्रको विकासका लागि काम गर्नु पाउनु ठुलो अवसर रहेको बताएका हुन् ।
