SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

प्रतिपक्षको आन्दोलन यथावत् छ, बजेटका लागि मात्र सहजीकरण गरिएको हो: राजेन्द्र राई

काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले प्रतिपक्षको आन्दोलन र अडान यथावत् रहेको स्पष्ट पारेका छन् । बिहीबार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले बजेटमाथिको छलफललाई मध्यनजर गर्दै प्रक्रियालाई केही सहज मात्र बनाइएको बताए । सांसद राईले अर्थमन्त्रीको कार्यशैली र बजेटको आलोचना गर्दै संसदीय छानबिन समितिको माग दोहोर्याए ।