SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०७:०७ AM · 1 मिनेट पढाइ

चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप

बागलुङ । बागलुङ जिल्लाका चार पालिकामा ३० हजार बालबालिका तथा किशोरकिशोरीलाई निःशुल्क दादुराविरुद्धका खोप प्रदान गरिने भएको छ । गलकोट, बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका बासिन्दाहरूलाई दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए ।