SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

अपहरणदेखि सङ्ग्रहालयसम्म : ‘नाइन एन एबीबी’ को ५३ वर्ष लामो अद्भुत यात्रा

काठमाडौँ । नेपालको हवाई उड्डयन इतिहासमा केही यस्ता घटनाहरू छन्, जसले समय बिते पनि आफ्नो महत्त्व गुमाएका छैनन्। विक्रम संवत् २०३० जेठ २८ गते (अर्थात आजकै दिन) घटेको एउटा घटना, जसले नेपाली आकाशलाई मात्र होइन, देशको राजनीतिक इतिहासलाई समेत नयाँ मोड दिएको थियो।