इटहरीमा रिसोर्टसहितको भव्य ‘कन्भेन्सन सेन्टर’ बन्दै
इटहरी । इटहरीमा भव्य सम्मेलन केन्द्र बन्ने भएको छ । एकैपटक ४ हजार मानिस अटाउने क्षमताको एबी हस्पिटालिटी (विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर) बन्ने पक्का भएको हो । अन्तर्राष्ट्रिय स्तरको यस सम्मेलन केन्द्र निर्माणसँगै पूर्वी नेपाल मात्रै नभई सिङ्गो नेपालकै पर्यटन तथा आतिथ्यता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास गरिएको छ ।
