SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०४:२९ AM · 1 मिनेट पढाइ

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सामूहिक गोली प्रहारः १२ जनाको मृत्यु, ९ घाइते

एजेन्सी । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो शहर जोहानेसबर्गस्थित एक सुकुम्बासी बस्तीमा भएको सामूहिक गोलीकाण्डमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । दक्षिण अफ्रिकी प्रहरी सेवाले बुधवार जारी गरेको विज्ञप्तिअनुसार क्लिभल्याण्डको जम्पर्स नामक सुकुम्बासी बस्तीमा मंगवबार स्थानीय समयअनुसार राति करिव ११ः१० बजे सो घटना भएको हो ।