SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०४:४० AM · 1 मिनेट पढाइ

पाक–अफगान सीमा क्षेत्रमा पाकिस्तानी सुरक्षा फौजको कारबाही, २६ आतंकवादी मारिए

एजेन्सी । पाकिस्थान र अफगानिस्तानको सीमा क्षेत्रमा पाकिस्तानी सुरक्षा फौजले गरेको कारबाहीमा प्रतिबन्धित संगठन ‘तेहरिक–ए–तालिबान पाकिस्थान’ (टीटीपी) का २६ जना आतंकवादी मारिएका छन् । पाकिस्थानका संघीय सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारकाअनुसार बुधवार गरिएको यस सैन्य कारबाहीका क्रममा आतंकवादीहरूको एक तालिम केन्द्र, लुक्ने स्थान र हातहतियारको भण्डार समेत पूर्ण रूपमा ध्वस्त पारिएको छ ।