SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०२:२६ AM · 1 मिनेट पढाइ

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

मान्म । पहिरोका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो ।