दुई आम निर्वाचनमा सर्वाधिक मत ल्याएर चुनाव जित्ने मै हुँ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगत दुई आम निर्वाचनमा सर्वाधिक मत ल्याएर विजयी भएको बताएका छन् । सूर्यप्रसाद श्रेष्ठद्वारा नेपालमा निर्वाचनको इतिहाससम्बन्धी लेखिएको पुस्तक आइतबार काठमाडौँमा विमोचन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले कुनै धन र बल प्रयोग नगरी स्वच्छताका साथ जनताले सर्वाधिक मत दिएर जितेको जिकिर गरे । ‘विगत दुई वटा चुनावमा सर्वाधिक मत ल्याएर जितेको सांसद मै हुँ ।
