SHARE
कालिका खबर · आइबार​ १८ साउन २०८२ ०९:२८ AM · 1 मिनेट पढाइ

खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन क्षेत्र विस्तार

काठमाडौँ, १८ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन (एकृडिटेसन) क्षेत्र विस्तार गरेको छ । विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यसअघिका वर्षमा प्रत्यायनका तीन सय ८६ वटा परीक्षण हुने गरेकामा यस वर्ष आठ सय १४ वटामा क्षेत्र विस्तार गर्न लागिएको जानकारी गराइएको हो । कुनै पनि उत्पादनको परीक्षण गरी प्रत्यायन प्रमाणपत्र प्राप्त गरेपछि त्यसलाई विश्वले मान्यता दिने विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो । परीक्षण गरेपछि प्रत्यायन प्रमाणपत्र प्राप्त गर्न तीनदेखि चार वर्ष लाग्ने उहाँले बताउनुभयो ।