कार दुर्घटनामा ११ जनाको मृत्यु
काठमाडौं : उत्तर प्रदेशको गोंडामा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने चार जनालाई उद्धार गरिएको छ। दुर्घटना इटियाथोकको बेलवा बहुता रेहरा पुलमा भएको थियो, जहाँ एसयूभी कार नहरमा पल्टिएको थियो। इटियाथोक प्रहरी चौकीका एसएचओ कृष्णराज राईले बीबीसी हिन्दीलाई बताएअनुसार एसयूभी कारमा चालकसहित १५ जना थिए। यी व्यक्तिहरू मोतीगञ्ज सिहागाउँबाट पृथ्वीनाथको जलाभिषेक गर्न जाँदै थिए। दुर्घटनाको जानकारी पाउने बित्तिकै जिल्लाका एसपी र डीएम लगायत अन्य अधिकारीहरू घटनास्थलमा पुगे। प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
