SHARE
कालिका खबर · आइबार​ १८ साउन २०८२ ११:४३ AM · 1 मिनेट पढाइ

दिपल एस ०७ आईसीए सार्वजनिक, ५ बर्षसम्म शून्य खर्च

काठमाडौं । नेपालका लागि इन्टेलिजेन्ट र फ्युचरिस्टिक इभी ब्राण्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयुभी दिपल एस ०७ को अपग्रेडेड संस्करण दिपल एस ०७ आईसीए नेपाली बजारमा भव्य रूपमा सार्वजनिक गरेको छ। लक्जरी र अत्याधुनिक प्रविधिको संयोजन रहेको यो इभीले नेपाली इभी बजारमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ। दिपल एस०७ आईसीएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ, जसले ४१० किलोमिटरको डब्लुएलटीपी रेन्ज प्रदान गर्छ। नेबुला ब्लुजस्ता आकर्षक नयाँ रंग विकल्प र एलोइ ह्विल डिजाइनको अद्यावधिकले यसको दृश्यात्मक आकर्षणलाई अझ बढाएको छ।