भारत–नेपाल सीमापार भुक्तानीमा महालक्ष्मी विकास बैंकको नयाँ उपलब्धि: एचडीएफसीसँग समझदारी
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले भारतको प्रतिष्ठित वित्तीय संस्था एचडीएफसी बैंकसँग सहकार्य गर्दै सीमापार वित्तीय सेवा सञ्चालनको महत्वपूर्ण कदम चालेको छ। सम्झौताअन्तर्गत महालक्ष्मी विकास बैंक अब भारतबाट नेपालमा डिजिटल माध्यममार्फत सिधै रकम भुक्तानी गर्न सक्ने प्रणाली सञ्चालनमा ल्याउने पहिलो विकास बैंक बनेको छ। दुवै बैंकले आवश्यक प्रक्रियागत कार्यहरू पूरा गर्दै परीक्षण कारोबारसमेत सफलतापूर्वक सम्पन्न गरिसकेका छन्।
