SHARE
कालिका खबर · आइबार​ १८ साउन २०८२ ०१:१५ PM · 1 मिनेट पढाइ

टोखा–५ मा १० रोपनी सार्वजनिक जग्गा अतिक्रमणमुक्त, खेलमैदान निर्माण गरिने

टोखा, काठमाडौं । टोखा नगरपालिका–५ मा अतिक्रमणमा परेको सार्वजनिक जग्गा आइतबार बिहान डोजर प्रयोग गरी खाली गरिएको छ। झन्डै ४० वर्षदेखि कब्जामा रहेको करिब १० रोपनी जग्गा स्थानीय सरकारको सक्रियतामा अतिक्रमणमुक्त गरिएको हो। नगरपालिकाले पटक–पटकको चेतावनीपछि पनि नहट्ने अटेरकर्ताहरूले उल्टै अदालतमा मुद्दा हालेका थिए। अदालतमा मुद्दा हारेपछि समेत अतिक्रमणकर्ताहरूले जग्गा नछाडेपछि नगरपालिका बाध्य भएर बलपूर्वक हटाउने निर्णयमा पुगेको हो। टोखा नगरप्रमुख प्रकाश अधिकारीले सार्वजनिक सम्पत्ति संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै यस्ता अतिक्रमणविरुद्धको अभियान निरन्तर सञ्चालन गरिने बताए।