SHARE
Kalo Pati · बुधबार २७ जेठ २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

४ कारोबार दिनपछि बढ्यो शेयर बजार

काठमाण्डौ । लगातार ४ कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ५७ अङ्कले बढेर २ हजार ७३६ दशमलव १७ विन्दुमा पुगेको छ । आज बैंक समूहको सूचक स्थिर रहेको छ ।