SHARE
Kalo Pati · बुधबार २७ जेठ २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

‘यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन’: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमाको विषय कुनै एक दल वा प्रतिपक्षको मात्र मुद्दा नभई सम्पूर्ण संसद र राष्ट्रको साझा मुद्दा भएको धारणा राखे ।