राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित बनाएको छ : प्रभु साह
कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको टिप्पणी गरेका छन् । बाराको कलैया स्थित उधोग बाणिज्य संघको सभाहलमा आजपाद्धारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित बनाएको बताए । मधेसमा जलसंकट देखिएपछि सरकारले मधेसका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर सरकारले अहिलेसम्म राहतको कुनै प्याकेज ल्याउन सकेको छैन् । ‘मधेसमा जलसंकटले सर्वसधारणदेखी किसानसम्म मर्कामा परेका छन्, समस्यामा छन् ।
