प्रधानमन्त्री राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसर: नेकपा
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रमेशकुमार हमालले प्रधानमन्त्री बालेन्द्र साह नेपालीहरूलाई सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा विभाजित गर्न अग्रसर रहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहले सीमासम्बन्धी विवादित अभिव्यक्ति दिएर नेपाल र नेपालीहरूलाई विभाजित बनाएको आरोप लगाएका हुन् ।
