SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : गगन थापा

चितवन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५ औँ महाधिवेशनका विषयमा पार्टीका नेतासँग भेट्ने र संवाद गर्ने काम भइरहेको बताएका छन् । आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी उपसभापति विश्वप्रकाश शर्माले नेताहरूसँग कुराकानी गरिरहेको जानकारी दिए ।