पाँचपोखरी गाउँपालिकामा टेलिमेडिसिन सेवा शुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन
सिन्धुपाल्चोकको पाँचपोखरी प्राथमिक अस्पतालमा टेलिमेडिसिन सेवा सुरु भएको छ। बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सहयोगमा, पाँचपोखरी थाङ्पाल गाउँपालिका, भक्तपुर अस्पताल र अन्य साझेदार संस्थाको सहकार्यमा सुरु गरिएको हो।
