SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

सरकारले सुशासनका राम्रा अभ्यास गरेको छ : यादव

नेपालगन्ज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विचौलियाको अन्त्य गर्न सरकार कटिबद्ध रहेकोमा खुसी व्यक्त गरे । अवधि पत्रकार सङ्घ केन्द्रीय समितिले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकतामा जनताको पहुँच अझैसम्म सहजरुपले पुग्न नसकेको भनी त्यसतर्फ ध्यान दिन सरकारसँग अनुरोध गरे ।