तोलामा दुई हजारले बढ्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले बढेको छ । सोमबार प्रतितोला रु दुई लाख ९९ हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु तीन लाख एक हजार ९०० निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ ।
