किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
दाङ । पश्चिम दाङको दङ्गीशरण गाउँपालिकाले किसानलाई आधुनिक खेती प्रणालीतर्फ आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । २६ लाख २२ हजार २१४ बराबरका कृषि उपकरण किसानलाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले जानकारी दिए ।
