दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
एजेन्सी । दक्षिणी गाजाको खान युनिसस्थित अल–मवासी क्षेत्रमा रहेको हमास प्रहरी चौकीलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा पाँच जना प्यालेस्टिनीको मृत्यु भएको छ भने १० भन्दा बढी व्यक्ति घाइते भएका छन् । हमासद्वारा सञ्चालित प्रहरी महानिर्देशनालयकाअनुसार इजरायली युद्धक विमानले उक्त प्रहरी चौकीमा दुईवटा मिसाइल प्रहार गरेको थियो, जसका कारण मानवीय क्षति भएको हो ।
