SHARE
मकालु खबर · सोमबार २५ जेठ २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

सचिवको जिम्मेवारी हेरफेर र सरुवा

काठमाडौं । सरकारले विभिन्न १८ मन्त्रालयको सङ्ख्या कायम गरेसँगै सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको छ । सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ ले साविकको २२ मन्त्रालयबाट १८ कायम भएअनुसार सचिवहरुको दरबन्दी मिलान गरिएको हो ।