SHARE
मकालु खबर · सोमबार २५ जेठ २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिँदै क्षमायाचना नगरेसम्म संसदको कारबाही अघि बढ्न नदिने चेतावनी दिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै एमालेकी सचिव तथा सांसद पद्मा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलहरूले पटक–पटक आपत्ति जनाउँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाइन् ।