दक्षिण लेबनानमा इजरायली आक्रमण तीव्र: तीन सैनिकसहित १४ जनाको मृत्यु
एजेन्सी । दक्षिण लेबनानका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा तीन सैनिकसहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीकाअनुसार इजरायली सेनाले लेबनानी सैन्य टोली र सर्वसाधारणलाई लक्षित गरी हवाई आक्रमण गरेको हो ।
