SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ ०७:५१ PM · 1 मिनेट पढाइ

नेपाल र भारतबीच उच्चस्तरीय भ्रमणको ढोका खुल्यो : शिशिर खनाल

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच उच्चस्तरीय भ्रमण हुने ढोका खुलेको दाबी गरेका छन्। तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका मन्त्री खनालले आफ्नो भ्रमणपछि दुवै पक्षबाट उच्चस्तरीय भ्रमणको सुरुवात भएको बताए।'विगत दुई वर्षदेखि नेपाल र भारतबीच उच्चस्तरीय भेटवार्ता भएको थिएन। मेरो भ्रमणबाट त्यसको सुरुवात भएको छ। अब दुवै पक्षबाट उच्चस्तरीय भ्रमणहरू हुनेछन्,' उनले भने।