राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटद्वारा निःशुल्क स्वास्थ्य शिविर
नुवाकोट । राष्ट्र सेवक कर्मचारी समाज, नुवाकोटले जिल्लाको किस्पाङ गाउँपालिकाको सहकार्यमा शनिबार आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा ४०६ जनाले सेवा लिएका छन् । किस्पाङ–३, काहुले स्वास्थ्यचौकीमा विभिन्न विशेषज्ञबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिविरमा शल्य चिकित्सक, हाडजोर्नी, स्त्री रोग, जनरल फिजिसियन, आँखासहितको विशेषज्ञहरूबाट सेवा दिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
