SHARE
मकालु खबर · आइबार​ २४ जेठ २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलो पटक भारतको औपचारिक भ्रमण गरेका छन् । भारतका विदेशमन्त्री डा एस जयशङ्करको निमन्त्रणामा गत शुक्रवार नयाँ दिल्ली पुगेका मन्त्री खनालले शनिवार आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरे ।