SHARE
पर्दाफास · आइबार​ १३ बैशाख २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

शेखर कोइरालाले गरे आफू निकट नेताहरुसँग अलग्गै छलफल

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आन्तरिक विवादका सम्बन्धमा आफू निकटका नेताहरु तथा सरोकारवालाहरुसँग छलफल गरेका छन् । आइतबार काठमाडौंस्थित बिशालनगरमा रहेको आफ्नो सम्पर्क कार्यालयमा उनले नेपाली कांग्रेसले संसदीय दलको नेता अघि सार्न नसकी रहेको र पार्टीभित्र असन्तुष्टि बढिरहेको बेला आफू निकटहरुसँग छलफल गरेका हुन् ।