SHARE
पर्दाफास · बुधबार ९ बैशाख २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

श्रीलङ्काको राष्ट्रिय क्रिकेट बोर्डमा नेतृत्व परिवर्तनका लागि मार्ग प्रशस्त गर्न सरकारद्वारा निर्देशन

श्रीलङ्का सरकारले राष्ट्रिय क्रिकेट बोर्डको कार्यकारी समितिलाई यसै साताको अन्त्यसम्ममा नयाँ प्रशासनका लागि मार्ग प्रशस्त गर्न निर्देशन गरेको छ । श्रीलङ्का क्रिकेट देशको सबैभन्दा धनी खेलकुद निकाय हो तर यो भ्रष्टाचार र कुव्यवस्थापनले ग्रस्त छ । हाल बोर्डका प्रमुख रहनुभएका शम्मी सिल्भाले आफ्नो चौथो कार्यकालको जिम्मेवारी सम्हालिरहेका छन् ।