सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री शाहले आज साँझ सुरक्षा निकायका प्रमुखहरूसँगको भेटमा आउँदो शनिबार र आइतबारदेखि बस्ती हटाउने काम सुरु गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बस्ती हटाउने अभियान काठमाडौं उपत्यकाबाटै सुरु गरिनेछ ।
