महान्यायाधिवक्ता कँडेलविरुद्ध तीन रिट निवेदन दायर
सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै तीन रिट निवेदन दायर गरिएका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आज महान्यायाधिवक्ता डा कँडेलको नियुक्तिविरुद्ध तीन रिट निवेदन दर्ता भएका र उक्त विषयमा बिहीबार सुनुवाइ हुने जानकारी दिए ।
