SHARE
कालिका खबर · शुक्रबार​ ९ साउन २०८२ ०९:३० AM · 1 मिनेट पढाइ

मानब बेचबिखनमा संलग्न दुई जना पक्राउ

काठमाडौँ, ९ साउन । भारतमा आकर्षक तलबको लोभ देखाएर मानव बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार यसरी पक्राउ पर्नेमा सिन्धुलीका २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोकका ४५ वर्षीय रेशमबहादुर खत्री छन् । उनीहरुलाई अदालतमा पेस गरिएकामा अदालतको आदेशले पाँच दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो ।