मेरो दाइ एक जीवन, आफैंमा एक महाकाव्य
डा. राजेन्द्र चापागाई “आहत” , काठमाडौं । जीवनका अनेक आरोह-अवरोहहरूबीच उभिएको एउटा असाधारण व्यक्तित्वको नाम हो मेरो दाइ कृष्ण प्रसाद चापागाई । जीवनका कठोर संघर्षहरूसँग जुध्दै, हिम्मत, इमान्दारी र लगनशीलताका नमुना मेरा दाइ सधैँ मेरो प्रेरणाका स्रोत रहिरहे। यो लेख केवल एक संस्मरण मात्र होइन, एक सजीव चित्र हो- एक साधारण गाउँले केटा कसरी जीवनको कठिन मोडहरु पार गर्दै, प्रतिकुल समयले निम्ताएका समस्याका पहरा सग पौठेजोरी खेल्दै विद्वान अधिवक्ताको रूपमा स्थापित भए भन्ने कथा हो। मेरो दाजुको बिबाह बाल्यकाल मै भएको रहेछ किनकि म जन्मिदा मेरो भाउजु घरमा नै हुनुहुन्थ्यो।
