SHARE
कालिका खबर · शुक्रबार​ ९ साउन २०८२ १०:५६ AM · 1 मिनेट पढाइ

पर्वतीय पर्यटनको दिगो विकासका लागि एनएमएमा गुरुङको उम्मेदवारी

काठमाडौँ, ९ साउन । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ । पर्वतीय पर्यटनको दिगो विकासका लागि एनएमएमा आफूले उम्मेदवारी दिने उहाँले बताउनुभयो । नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको ‘पर्यटन व्यवसायी तथा सदस्यबीचको छलफल’मा आगामी भदौ ७ गते हुन लागेको निर्वाचनमा लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको तर्फबाट सर्वसम्मत रूपमा अध्यक्ष पदमा गुरुङले उम्मेदवारी दिनुभएको हो । करिब चार दशकदेखि नेपालको पर्यटन व्यवसायमा सक्रिय गुरुङले नेपालको पर्वतीय पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा उकास्नका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।