गुणस्तरीय निर्माण कार्यमा ध्यान दिन मुख्यमन्त्री कँडेलको निर्देशन
कर्णाली, ९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गुणस्तरीय निर्माण कार्यमा ध्यान दिन सचिव तथा कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित वार्षिक समीक्षा तथा तथा कार्ययोजना तर्जुमा गोष्ठी कार्यक्रममा मुख्यमन्त्री कँडेलले योजनाको कार्यान्वयनमा ढिलाइ, रकम खर्चको असन्तुलन, अनुगमनको कमजोरी र गुणस्तरहीन् निर्माण कार्य जस्ता चुनौतीको पुनरावृत्ति नहुने वातावरण बनाउन सचिव र कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको हो ।
