SHARE
कालिका खबर · शुक्रबार​ ९ साउन २०८२ १२:०९ PM · 1 मिनेट पढाइ

एमाले सांसद किरण साहको सांसद पद खारेजी र मत फिर्ताको माग गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद किरण साहको सांसद पद खारेज गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । साथै सांसद साहलाई दिइएको मत समेत फिर्ता माग गरिएको छ । रौतहट राजपुर नगरपालिका–४ निवासी राजनकुमार साहले बिहीबार निर्वाचन आयोगमा निवेदन दर्ता गराउदै यस्तो माग गरेका हुन् । सांसद साह रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् । गत आमनिर्वाचनमा सांसद साह स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गरेका थिए ।