SHARE
पर्दाफास · मङगलबार ८ बैशाख २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

मधेश प्रहरीमा हलचल : राणाको निलम्बन रोकियो, दुई वरिष्ठ सई हेडक्वार्टर तानिए

मधेस प्रदेश प्रहरीभित्र पछिल्ला दिनहरूमा देखिएको विवाद र आन्तरिक कारबाहीका घटनाले संगठनमा ठूलो हलचल ल्याएको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागर शमशेर जवराको निलम्बन सिफारिस प्रहरी प्रधान कार्यालयले हालका लागि रोकिदिएको छ। आन्तरिक छानबिनबारे थप अध्ययन आवश्यक देखिएपछि निलम्बन तत्काल अघि नबढाइएको स्रोतले जनाएको छ।