“जनस्वास्थ्यकर्मी विशाल विश्वकर्माले क्यान्सर पीडित महिलालाई कपाल दान, सहानुभूति र सेवाको सशक्त उदाहरण
काठमाडौँ । सेवा र सहानुभूतिको अद्वितीय उदाहरण प्रस्तुत गर्दै जनस्वास्थ्यकर्मी तथा युवा समाजसेवी विशाल विश्वकर्माले आफ्नो वर्षौँदेखि पाल्दै आएको लामो कपाल क्यान्सर पीडित महिलालाई दान गरेका छन्। नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र (ललितपुर) अन्तर्गतको नेपाल क्यान्सर सहयोग समूहमा गरिएको यस दानले क्यान्सरसँग जुधिरहेका पीडितहरूको आत्मबल, आत्मसम्मान र मुस्कान फर्काउने अभियानलाई नयाँ आयाम दिएको छ। विश्वकर्माले भने, “यो केवल कपालको भौतिक दान होइन, पीडित महिलाको मानसिक बल र उपचार प्रक्रियामा सकारात्मक ऊर्जा पुर्याउने सन्देश हो।
