SHARE
पर्दाफास · मङगलबार ८ बैशाख २०८३ ०२:२३ PM · 1 मिनेट पढाइ

संसद् बैठकमा सांसदले फोन चलाउन र फोटो खिच्न नपाउने

प्रतिनिधिसभा बैठक चलिरहेका बेला अब सांसदहरुले सभा हलभित्र मोबाइल फोन प्रयोग गर्न, फोटो वा भिडियो खिच्न नपाउने भएका छन्। संसदकाे गरिमा र बैठकको गम्भीरता कायम राख्न भन्दै नयाँ नियमावलीमार्फत यस्तो कडाइँ गर्न लागिएको हो। मोबाइल बोक्न प्रतिबन्ध हुने छैन तर खुसुक्क फोन झिकेर सेल्फी खिच्न वा भिडियो, फोटो खिच्न पाइने छैन।