SHARE
कालिका खबर · शुक्रबार​ ९ साउन २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

अदालतको अवहेलना गर्ने र विकास रोक्नेलाई कारवाही हुनुपर्छ : मेयर साह

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको आइटी चौकको सडक कालोपत्रे भएको छ । बर्षौदेखी सो सडक कालोपत्रे गर्न नदिन अवरोध गरिनुका साथै षडयन्त्र भइरहेको थियो । अदालतको आदेशपछि पनि सडक कालोपत्रे गर्न नदिई अवरुद्ध गर्ने प्रयास भएपछि स्थानीयबासिन्दा, समाजसेवी, प्रहरी, प्रशासनको सहयोगमा सो सडक कालोपत्रे भएको हो । मौलापुर नगरपालिका मेयर रिनाकुमार साहले लामो समयको प्रयास र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजको आदेशपछि स्थानीय, समाजसेवी, प्रहरी प्रशासनको सहयोगमा सडक कालोपत्रे भएको जनाएकी छन् । ‘हामीले सडक कालोपत्रे गर्न खोज्दा अवरोध गर्ने, षडयन्त्र गरेर रोक्ने काम विगतजस्तै भयो ।