नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा टोयोटाको ‘मेगा अफर’
काठमाडौं । नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ का अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा आगामी अगस्त ६ देखि १० तारिखसम्म हुने उक्त एक्स्पोमा ‘टोयोटा मेगा अफर’ मार्फत ग्राहकलाई विशेष सुविधा प्रदान गरिनेछ। एक्स्पोमा टोयोटाका तीन आकर्षक मोडल – Yaris Cross Hybrid Electric र Land Cruiser 250 प्रदर्शनमा रहनेछन्। एक्स्पोमा कुनै पनि टोयोटा सवारीसाधन बुक गर्ने प्रत्येक ग्राहकले ‘मेगा डिस्काउन्ट’, ‘प्ल्याटिनम कार्ड’ र जीवनभरको लागि फ्री पिकअप तथा ड्रप सेवा पाउनेछन्। यस्तै, स्टलमा आउने हरेक आगन्तुकलाई आकर्षक टोयोटा गिफ्ट ह्याम्पर पनि प्रदान गरिनेछ।
