रास्वपाले बोलायो सचिवालय बैठक, यस्ता छन् एजेन्डा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सचिवालयको बैठक आह्वानगरेको छ । आइतबार दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी सो बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई लक्षित गर्दै सचिवालय बैठकका लागि ६ वटा मुख्य कार्यसूची (एजेन्डा) तय गरिएका छन्।
