SHARE
पर्दाफास · शनिबार ५ बैशाख २०८३ ०२:२४ PM · 1 मिनेट पढाइ

अस्पतालबाट डिस्चार्ज भए ओली

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डिस्चार्ज भएका छन् । सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पित्तथैलीको शल्यक्रिया गराएका ओली शनिबार डिस्चार्ज भएका हुन् । ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा शल्यक्रिया गरी झिकिएको थियो । स्वास्थ्यमा अवस्था सुधार आएपछि अस्पतालले ओलीलाई डिस्चार्ज गरेको हो ।