SHARE
कालिका खबर · शुक्रबार​ ९ साउन २०८२ ०४:२६ PM · 1 मिनेट पढाइ

असार महिनाका ‘उत्कृष्ट प्रहरी’ घोषित: पर्साका शिवशंकर यादवलाई विशेष सम्मान

वीरगंज। जिल्ला प्रहरी कार्यालय पर्साले असार महिनाकाे “उत्कृष्ट प्रहरी (Best Police of the Month)” को रूपमा प्रहरी सहायक हवल्दार शिवशंकर प्रसाद यादवलाई छनोट गरी सम्मानित गरेको छ। जिल्ला प्रहरी कार्यालय अन्तर्गत सूचना संकलन शाखामा कार्यरत यादवले आफ्नो जिम्मेवारीलाई पूर्ण इमान्दारी, कर्तव्यनिष्ठा र उच्च व्यावसायिकताको साथ निर्वाह गर्दै आएका कारण उनलाई यो सम्मान प्रदान गरिएको हो। यादवले चोरी नियन्त्रण, हराएका मोबाइल फेला पार्ने, साइबर अपराध अनुसन्धान, लागुऔषध कारोबार नियन्त्रण, तथा विविध प्रकृतिका आपराधिक घटनाहरूमा सूक्ष्म प्रतिवेदन संकलन जस्ता कार्यहरूमा उल्लेखनीय दक्षता देखाएका छन्।